पर्यटन प्रवद्र्धनका लागि डिजिटल मार्केटिङ्ग

धनगढी, १६ असार । पर्यटन प्रवद्र्धनका लागि डिजिटल मार्केटिङ्ग तालिम धनगढीमा भएको छ ।

नेपाल पर्यटन बोर्डको आर्थिक सहयोगमा नाटा केन्द्रको समन्वयमा नाटा सुदूरपश्चिम प्रदेशको आयोजनामा तालिम भएको हो ।

सुदूरपश्चिम प्रदेशका वन, पर्यटन तथा वातावरण मन्त्री माया भट्टले सुदूरपश्चिम प्रदेशमा धेरै ऐतिहासिक सम्पदा भएपनि प्रचारप्रसारको अभावमा धेरैलाई जानकारी नभएको बताए ।

मन्त्री भट्टले सुदूरपश्चिम प्रदेशको विकासका लागि डिजिटल मार्केटिङ्गको माध्यमबाट प्रचारप्रसार गर्नुपर्नेमा जोड दिए । उनले पर्यटन प्रवद्र्धनका लागि डिजिटल मार्केटिङ्ग गरेर सुदूरपश्चिम प्रदेशलाई विश्वसामु चिनाउँनुपर्नेमा जोड बताए ।

नाटा केन्द्रका महासचिव रमेश थापाले विश्वस्तरमा पर्यटन प्रवद्र्धन तथा व्यापार व्यवसाय बढाउँन डिजिटल मार्केटिङ्गले महत्वपूर्ण भूमिका खेल्ने बताए । पर्यटन प्रवद्र्धनको प्रचार प्रसारका लागि डिजिटल मार्केटिङ्ग उपयुक्त रहेको बताए ।