११ वर्षीया बालिकालाई बलात्कार गरि फरार
धनगढी, १३ असार । कैलालीकी ११ वर्षीया बालिकालाई बलात्कार गरेर फरार भएको व्यक्तिमाथि खोज अन्सन्धान भईरहेको बताइएको छ ।
बालिकाको आमा बुवाले बजारमा सानो रक्सी पसल खोलेर व्यवसायी गर्दै आईरहेका छन् । १० गते साँझा रक्सी खाना आउने नियमित ग्राहकले छोरीलाई बलात्कार गरेर फरार भएको आफन्तको बयान रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक सुदिप गिरीले जानकारी दिए ।
उनले भने बालिकालाई १० गते साँझा बलात्कार गरेपनि पीडित परिवार १२ गते मात्रै उजुरी दिएका छन् । बालिकाको मेडिकल रिर्पोट आउन बाँकी रहेको उजुरीको आधारमा अनुसन्धान जारी रहेको एसपी गिरीले जानकारी दिए ।













