जयपृथ्वी नगरपालिकाको वडा कार्यालयमा आगजनीको प्रयास

बझाङ, १० असार । जयपृथ्वी नगरपालिका वडा नम्बर ३ को कार्यालयमा आगजनीको प्रयास भएको छ ।

अज्ञात समुहले विहान ४ बजे वडा कार्यालयको ढोकामा पेट्रोल छर्केर आगो लगाएको वडा नम्बर ३ का वडा अध्यक्ष कलक वलीले जानकारी दिए ।

वडा कार्यालय पडेश गाँउ नजिकै रहेकोले स्थानीयहरु आगोलाई नियन्त्रणमा लिएको उनले बचाए । आगलागीबाट वडा नम्बर ३ को मुल ढोकामा सामान्य क्षति पुगेको वडा अध्यक्ष बताए । साथै बुंगल नगरपालिका वडा नम्बर ११ मा संकास्पद बस्तु भेटिएको छ।

कार्यलयको मुल ढोकामा जि आई पापबाट मोबाईटको ब्याट्रीमा तार बेरेर कर्यालयको भित्र दुई वटा तार लगिएको वडा सदस्य नर बहादुर पातलीले बताए । कस्ले राखेको हो भन्ने केही जानकारी नभएको बताए ।