जोखिम ! तर सुन्दर दृष्यको मुस्कुराहत
धनगढी, ९ असार । बझांग जिल्लाको सदरमुकाम चैनपुर बजार भन्दा केही माथि सुनकोटबाट प्रष्ट देखिने घाटा बगर बस्तीको मनमोहक दृष्य । झट हेर्दा मनै लोभिने उक्त बस्ती सेती नदी र सुनकोट खोलाको दोभान छेउमा चिटिक्क परेको परम्परागत घरहरु वरिपरिका डाँडासंग मुस्कुराई रहेको देखिन्छ ।

किसानहरु ठूलो जोखिमको बाबजुदपनि रमाईलोका साथ रोपाईमा व्यस्त भएको देखिन्छन् । उक्त दृष्य जुनसुकै पर्यटकको मन लोभ्याउछ । तर विडम्ना बाह्रय पर्यटकहरुको उपस्थिति एकदमै न्यन छ । तस्वीर : केर्नी न्यूज डटकम













