१३ वर्षीया बालिकाको सामूहिक बलात्कार गर्ने पक्राउ
धनगढी, ९ असार । कैलालीकी १३ वर्षीया बालिकाको सामूहिक बलात्कार गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा धनगढी उप–महानगरपालिका वडा नम्वर १५ का झगडु चौधरी, विजय चौधरी र वडा नम्वर ७ का कुट्टु चौधरी पक्राउ परेका हुन् ।
रातीको समयमा बालिकालाई जंगलमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । किशोरीको सेती अस्पतालमा उपचार पश्चात डिस्चार्ज भएको बताइएको छ ।
घर नजिकै खेलीरहेको अवस्थामा बालिकालाई अपहरण गरी मोटरसाईकलमा राखेर धनगढी उप– महानगरपालिका वडा नम्वर ७ स्थित पटेलाको जंगलमा लगेको र हातखुट्टा समाती पालैपालो जवरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
पीडित भाग्दै गाउँ नजिकै पुग्दासमेत तीनै जनाले कसैलालई भने ज्यान मारिदिने धम्की दिएको समेत प्रहरीले जनाएको छ ।
बालिकाकी आमाले घटनाबारे प्रहरीमा जानकारी गराए पश्चात तत्काल प्रहरी टोली परिचालन गरी उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले बताए ।













