रेशम चौधरीलाई नेल बाँध्नेलाई कारवाही गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं, ७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमार्डडौंको विर अस्पतालमा उपचारका लागि भर्ना भएका बन्दी रेशम चौधरीको खुट्टामा १४ कोजीको नेल र हत्कडी लगाउनेलाई तत्काल कारवाही गर्न निर्देशन दिएका छन्।
विभिन्न सञ्चार माध्यममा अस्पतालको बेडमै चौधरीलाई नेल लगाएर राखिएको समाचार सार्वजनीक भएपछि प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन्।
प्रधानमन्त्रीका प्रेस संयोजक चेतन दाहालका अनुसार शनिबार प्रधानमन्त्री ओलीले मुख्यसचिव लोकदर्शन रेग्मीलाई फोन गरी चौधरीको खुट्टामा नेल लगाउनेहरुलाई तत्काल कारवाही गर्न निर्देशन दिएका हुन्। टीकापुर घटनाको अभियोगमा कैद भोगिरहेका राजपाका निर्वाचित सांसद समेत रहेकाचौधरीको मेरुदण्डमा समस्या आएपछि वीर अस्पताल भर्ना गरिएको छन् ।














