प्रहरीको गोली लागेर नेकपाका सर्लाही इन्चार्जको मृत्यु

काठमाडौं, ५ असार । प्रहरीको गोली लागेर नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्यु भएको छ । पौडेल नेकपाका सर्लाहीको लालबन्दीमा इन्चार्ज हन् ।

विहीबार दिउँसो लालबन्दी नगरपालिका १ लखनदेही नदी नजिकै करिब २ बजेको समयमा नेकपाका कार्यकर्तामाथि प्रहरीले फायर गरेको थियो । प्रहरीले दोहोरो भिडन्त हुँदा एक जनाको मृत्यु भएको बताएको छ । गस्तीमा गएको प्रहरीमाथि नेकपाका कार्यकर्ताले गोली चलाएपछि जवाफी कारवाही गरिएको प्रहरीले बताएको छ ।

उता नेकपाका एक नेताले दोहोरो भिडन्त नभएको र आफ्ना नेता कार्यकर्तालाई प्रहरीले गोली हानेर हत्या गरेको बताएका छन् ।