राष्ट्रिय उप–मेयर कप महिला फुटवल प्रतियोगिताकोलागि खेलाडीको विदाई

धनगढी, ४ असार । राष्ट्रिय उप–मेयर कप महिला फुटवल प्रतियोगिताकोलागि २५ जना महिला खेलाडीहरुको धनगढीबाट बिदाई गरिएको छ ।
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड र उप–प्रमुख सुशिला मिश्र भट्टले टिका र खादा लगाएर बिदाई गरेका हुन । धनगढी बाट २५ जना महिला खेलाडीहरु काठमाण्डौ हिडेका छन् । राष्ट्रिय उप–मेयर कप महिला फुटवल सशस्त्र प्रहरीको खेलमैदान हलचौक काडमाडौंमा जेठ ३१ गते बाट सुरु भएको छ । धनगढीका खेलाडीहरु असार ६ गते खेल खेल्ने छन् ।