आज सिकलसेल दिवस, रक्तदानसंगै विभिन्न झाँकीहरु प्रदर्शन गरिदै

धनगढी, ४ असार । विश्वमा जनस्वास्थ्यको ठूलो चुनौतीका रूपमा देखा परेको प्राणघातक सिकलसेल रोगबारे जनचेतना फैलाउन र पीडित रोगीहरूको उचित स्याहार प्रवद्र्धनमा उत्प्रेरित गर्न सिकलसेल दिवस मनाउने गरिएको छ।

सन् २००८ मा संयुक्त राष्ट्रसंघको साधारणसभाबाट अनुमोदन भएपछि १९ जुनमा विश्व सिकलसेल दिवस मनाउने घोषणा भएको थियो। राष्ट्रसंघले सिकलसेललाई ठूलो आकारको वंशानुगत रोगका रूपमा चित्रण गरेको छ।

सिकलसेल एनिमियाबाट संसारभरका २५ मिलियन मानिस प्रभावित भएको अनुमान गरिएको छ । अमेरिकाको पश्चिममा राज्यहरमा पहिलो पटक देखिएको सिकलसेल एनिमियाबाट नेपालका बाके, बर्दिया, दाङ्ग लगायतका तराईका जिल्लाहरु बढी प्रभावित छन् ।

यी जिल्लाहरुमा बसोबास गर्ने आदिवासी थारु समुदायका मानिसहरु यो रोगबाट सबैभन्दा बढी प्रभावित भएकै कारण नेपाल सरकारले हाल सिकलसेल एनिमियाको उपचार निशुल्क गर्दै आएको छ । नेपालका थारु समुदाय बाहेक अफ्रिका र इण्डियन कन्टिनेटका केही देशका आदिवासीहरुमा यो रोग देखिएको छ ।

सिकलसेल दिवसको अवरमा धनगढीमा रक्तदान कार्यक्रम हुने भएको छ । साथै सिकलसेल प्रभावितहरुको मनोबल बृद्धि गर्नको लागि नाटक, झाँक्रि, थारु नाच लगायतका सांस्कृति कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रम विहान ८ः३० देखि शुरु आयोजकले जनाएको छ ।