सुत्केरी र किरियापुत्रीलाई राहत हस्तान्तरण
धनगढी, ३ असार । धनगढी उप–महानगरपालिका १२ शान्तिटोलका हावाहुरी पिडित सुत्केरी र किरियापुत्रीलाई राहत हस्तान्तरण गरिएको छ ।
धनगढी उप–महानगरपालिका १२ का वडा अध्यक्ष गणेशराज जोशीले खाद्यान्न हस्तान्तरण गरेका हुन ।
वडा अध्यक्ष जोशीका अनुसार किरियापुत्री दिर्घ कामी, सुत्केरी कल्पना नेपाली, अपाङ्गता भएको व्यक्ति धना नेपाली र भागी ढोलीको परिवारलाई एक साता पुग्ने गरि खाद्यन्न उपलब्ध गराएको छ ।
प्रभावित परिवारलाई छाना छाउनकालागि त्रिपाल पनि उपलब्ध गराएको धनगढी थियो ।














