जाखोर तालको जलकुम्भी हटाउन सुरु

धनगढी, २ असार । धनगढी उपमहानगरपालिका ७ स्थीतजाखोर तालमा फैलिएको जलकुम्भी हटाउन सुरु गरिएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम/परिश्रममा आधारीत सामुहिक कार्यक्रम अन्तरगत बेरोजगार यूवा यूवतीहरुले तालमा रहेको जलकुम्भी हटाउन थालेका हुन । यस अघि मंसिर २ गतेबाट धनगढी उप–महानगरपालिकाको समन्वयमा स्थानीय प्रशासन, नेपाली सेना, जनपदप्रहरी र सशस्त्र प्रहरीहरु तालबाट जलकुम्भी हटाउने अभियान सुरु गरेका भएपनि जाडो बढेकाले तीन साता पछि अभियान स्थगित गरिएको थियो । धनगढी उप–महानगर पालिकाका प्रमुख नृपबहादुर वडले बेरोजगार यूवायूवतीहरुले ताल सफा गरे बाफत प्रधानमन्त्री रोजगार कार्यक्रमको मापदण्डमा रहेर निश्चीत पैसा समेत पाउने छन् ।

धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशिला मिश्र भट्टले नगरका सार्वजनिक स्थलको सरसफाई गर्ने अभियान नै संचालन गरिएको बताईन । हरेक १५ दिनमा कैलाली उद्योग बाणिज्य संघ संगको सहकार्यमा बजार सरसफाई गर्ने गरेको उप–प्रमुख भट्टले बताईन ।

धनगढी उप–महानगरपालिकाले जाखोर ताल क्षेत्रको विकासका लागि गुरु योजना तयार गरेको छ । सोही अनुसार पूर्वाधार विकासको काम समेत गर्न थालेको धनगढी उप–महानगरपालिका वडा नं ७ का अध्यक्ष सिताराम रानाले बताए । अहिले तीस जना भन्दा बढी बेरोजगार यूवा यूवतीहरु तालको जलकुम्भी हटाउन जुटेको प्रधानमन्त्री रोजगार कार्यक्रम धनगढीका संयोजक चन्द्र महराले बताएका छन् ।