डोजर आंतक रोक्नुपर्छ : कानून मन्त्री शाह

धनगढी, २ असार । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले डोजर आतंक रोक्नुपर्ने बताएका छन् ।

खाद्य सुरक्षा सञ्जाल र याक नेपालको सहकार्यमा फियान नेपालले आयोजना गरेको अव्यवस्थित सडक पुर्वाधार निर्माणले खाद्य सुरक्षा तथा जिविकोपार्जनमा पारेको असर सम्बन्धी अध्ययन प्रतिवेदनमाथि छलफल कार्यक्रममा मन्त्री शाहले त्यस्तो बताएका हुन् ।

उनले डोजर संस्कृतिले विकास भन्दा बिनास बढि भएको भन्दै मापदण्ड अनुसार मात्रै उपकरण प्रयोग गर्नुपर्नेमा जोड दिए । सुशासन सम्बन्धी ऐन र पुर्वाधार विकास सम्बन्धी कानूनहरुलाई कडाईका साथ कार्यान्वयन गर्ने प्रतिवद्धता समेत जनाए ।

मन्त्री शाहले आर्थिक समृद्धिका लागि शहरलाई गाउँ र गाउँलाई शहर बनाउन आवश्यक रहेको बताउदै शहरमा प्रयोग गरिने रसायनयुक्त खाद्यान्न हटाई अगार्निक खाद्यान्न प्रयोगमा बृद्धि गर्नुपर्ने बताए ।