सामाजिक मेलमिलाप तथा मध्यस्तकर्ता सीप बारे आठ दिने तालिम
धनगढी, १ असार । दलित महिला अधिकार मञ्च नेपाल महिला समूहमा आवद्ध महिलाहरुलाई सामाजिक मेलमिलाप कर्ता तथा मध्यस्तकर्ता सीप बारे आठ दिने तालिम दिएको छ ।
मञ्चले गोदावरी, गौरीगंगा नगरपालिका र कैलारी गाउँपालिकाको महिला समूह, दलित सञ्जाल लगायतका सदस्यहरुलाई तालिम दिएको हो ।
शनिबार तालिमको समापन भएको थियो । तालिम समापन कार्यक्रममा दलित महिला अधिकार मञ्च नेपालको कार्यकारी निर्देशक सावित्रा घिमिरे तालिममा सहभागिहरुलाई तालिमले सामाजिक मेलमिलाप कर्ता तथा मध्यस्तकर्ताको जिम्मेवारी र भूमिकाबारे जानकारी भएको बताईन् ।
उनले न्याय सम्पादन लगायत कानूनबारे समेत ज्ञान भएको विश्वास व्यक्त गर्दै गरिन् ।
त्यस्तै तालिमका सहभागीहरु तालिमबाट सिकेका कुरा व्यवहारमा लागु गर्ने प्रतिबद्धता जनाए । उनीहरुले आफ्नो घरपरिवार, समुदायमा उत्पन्न विवाद अथवा झैझगडालाई एक मध्यस्तकर्ताको रुपमा सरसल्लाह दिने तथा मेलमिलाप गराईदिने बताए ।
मञ्चका कार्यक्रम संयोजक रोशा थापा तालिमको उद्देश्यबारे जानकारी गराइएका दिईन् । साथै देवानी तथा फौजदारी मुद्धाबारे जानकारी गराउने, न्याय सम्पादन र कानूनबारे जानकारी दिने उद्देश्यका साथ तालिम आयोजना गरेको बताईन् ।














