जेसीबीको ठक्करबाट मृत्यु भएका तीनै जनाको सनाखत

कञ्चनपुर, ३१ जेठ– कञ्चनपुरको भीमदत्त नगरपालिका–६ बनगाँउमा जेसीबी र अटोरिक्सा ठोक्किँदा मृत्यु भएका तीनै जनाको सनाखत भएको छ ।

मृत्यु हुनेमा बैतडीको दशरथचन्द नगरपालिका–२ का २८ वर्षीय कृष्ण बोहरा, कास्कीको पोखरा पृथ्वीचोककी ३५ वर्षीया विना रिजाल र ५८ वर्षीय भारतीय नागिरक तिल प्रसाद छन् । तीनैजनाको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक ज्ञान बहादुर विष्टले बताए ।