हावाहुरीमा ज्यान गुमाएको परिवारलाई डेढ लाख दिने निर्णय

धनगढी, २६ जेठ । सुदुरपश्चिम प्रदेश सरकारले बिहीबारको हावाहुरीमा परी ज्यान गुमाएका परिवारलाई डेढ लाख राहत दिने निर्णय गरेको छ। आज बसेको मन्त्रीपरिषद बैठकले हावाहुरीमा परी ज्यान गुमाएका परिवारलाई राहात स्वरुप डेढ लाख दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले जानकारी दिए।

यस्तै हावाहुरीले घरमा पूर्ण क्षती पुगेका परिवारलाई क्षतीपूर्ती स्वरुप २० हजारका दरले राहत वितरण गर्ने तथा आशिंक क्षती भएका परिवारलाई १० हजार रुपैयाँ राहत स्वरुप दिने निर्णय भएको शाहले बताए।

यस्तै पशुपंक्षी, कृषि लगायतका अन्य क्षेत्रमा भएको क्षतीको अध्ययन गरी मापदण्ड बनाएर सम्बन्धीत मन्त्रालयले राहात वितरण गर्ने निर्णय भएको छ भने विभिन्न संघसंस्थाबाट आउने राहात मुख्यमन्त्री राहात कोष मार्फत वितरण गर्ने निर्णय पनि गरिएको छ।

बिहीबार कैलाली र कञ्चनपुरमा हावाहुरीले दुई जनाको मृत्यु भएको थियो भने ९९ जना घाइते भएका थिए ।

विपद्को यो बेलामा प्रभावितको सहयोगार्थ मुख्यमन्त्री राहत, उद्धार कोषमा सहयोग रकम जम्मा गर्नका लागि पनि प्रदेश सरकारले सबैलाई आह्वान गरेको छ ।