हावाहुरीका कारण दुई जनाको मृत्यू, सयौं घाईते

धनगढी, २४ जेठ । कैलालीमा हावाहुरीका कारण दुई जनाको मृत्यू भएको छ, भने सयौंको संख्याका घाईते भएका छन् । मृत्यू हुनेमा कैलालीको टिकापुर नगरपालिका–२, राजीपुरमा कुखुराको खोर भत्किँदा ४७ वर्षीया लाहानु चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

त्यसै गरि गोेदावरी नगरपालिका–८ का विरवहादुर चौधरीको मृत्यु भएको छ । पुर्बबाट पश्चिम गइरहेको बा ३ प ३८३६ नम्बरको टिप्परले से १ प ५८५१ नम्बरको मोटरसाइकललाइ ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको हो।

कैलालीमा टिनले छाएका अधिकांश घरहरु भट्केका छन् । बाटोमा रुखहरु, विजुलीका पोलहरु ढलेर ठूलो क्षेती भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।