बिश्व वातावरण दिवशको अवसरमा बजार सरसफाई

धनगढी, २२ जेठ । बिश्व वातावरण दिवशको अवसरमा धनगढी बजारमा सरसफाई गरिएको छ ।

धनगढी उप–महानगरपालिकाको सहयोग र यूवा शान्ति परिषद् नेपालको आयोजनामा बजारको कैलाली नाला देखि जिल्ला प्रहरी कार्यालय सम्मको बजार क्षेत्रमा सरसफाई गरिएको हो ।

त्यसैगरी धनगढी उप–महानगरपालिकाको समन्वयमा बन तथा बातावरण बिभागले नेपाल स्वच्छ वातावरण महाअभियान अन्तरगत सरसफाई कार्यक्रममा सहभागिता जनाएको थियो ।

बन तथा बातावरण बिभागले धनगढी उप–महानगरपालिकालाई ३ सय डस्टविन हस्तान्तरण समेत गरेको थियो । लेडिज जेसिस धनगढीले बिश्व वातावरण दिवशको अवसर पारेर बुधवार नै धनगढी उप–महानगरपालिका क्षेत्रका पर्खालहरुमा हरियो रंग लगाउने अभियानको सुरुवात गरेको छ ।

अभियानमा धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड र उप–प्रमुख सुशिला मिश्र भट्टले संयुक्त रुपमा उद्घाटन गरेका थिए । धनगढी उप–महानगरपालिकाले ग्रीन क्लीन धनगढी अभियान अन्तरगत नगरका भवनहरुमा हरियो रंग लगाउने कार्यलाई अगाडी बढाएको छ ।