हसुलियामा पेनाल्टी नाइट शुटआउट प्रतियोगिता हुने
धनगढी, २२ जेठ । कैलारी स्मार्ट समन्वय युवा क्लबको दोस्रो वार्षिकोत्सवको अवसरमा पेनाल्टी नाइट शुटआउट (भेट्रान) प्रतियोगिता २०७६ सञ्चालन हुने भएको छ ।
यहि जेठ २४ गते हुने प्रतियोगितामा दिन भरि सांस्कृतिक कार्यक्रम गर्ने आयोजकले जानकारी दिएको छ । सांस्कृतिक कार्यक्रममा चर्चित मोडल तथा गायक राजकुश्मी, अन्जु कश्मी र सुशिला कार्कीको जोडदार प्रस्तुती रहने बताइएको छ ।
प्रतियोगितामा सहभागि हुन क्लबबाट खेलप्रमीहरुलाई आ–आफ्नो टीम दर्ता गर्न आह्वान गरेको छ । टीम दर्ताको लागि इन्ट्री शुल्क रु सात हजार निर्धारण गरिएको छ छ ।
प्रतियोगिताको विजेताहरुलाई नगद एक लाख ११ हजार १११ रुपैयाँ पुरस्कार र उपविजेतालाई ५१ हजार १११ रुपैयाले पुरस्कृत गर्ने कैलारी स्मार्ट समन्वय युवा क्लबले जनाएको छ ।













