मौसम अनुकुल भएको भन्दै विद्यालय सुचारु गर्ने निर्णय

धनगढी, २१ जेठ । अत्यधिक गर्मी बढेका कारण एक हप्ताका लागि बन्द गरिएका धनगढी उप–महानगरपालिका भित्र रहेका सामुदायिक र संस्थागत विद्यालयहरु सुचारु गर्ने निर्णय गरिएको छ ।

धनगढीको मौसम अनुकुल भएकाले बन्द विद्यालय सुचारु गर्ने निर्णय भएको हो । मंगलबार धनगढी उप–महानगरपालिकामा सरोकारवालाहरु बिच भएको सल्लाह र सहमतीमा जेठ २२ गते देखि विद्यालय सुचारु गर्ने निर्णय भएको उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायाण प्रसाद सापकोटाले बताए ।

धनगढीको तापक्रम अत्याधिक बढेर बालबालिकालाई विद्यालय पठनपाठनका साथै आवत जावत गर्न समस्या भएकाले जेठ १९ गते उप–महानगरपालिकाले एक हप्ता विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

जेठ २० देखि जेठ २६ गतेसम्मका लागि सामुदायिक र संस्थागत विद्यालयमा विदा दिने निर्णय भएपनि निर्णय भएकै बेलुकी धनगढीमा फाटफुट बर्षा भएको थियो । शिक्षा नियमावली २०५९ (संशोधन सहित नियम ८५ को ३ बमोजिम हिउँदे वा बर्षे विदाबाट कट्टा हुने गरि विदा दिन पाउने ब्यबस्था रहेको छ ।