भदौं ७ को तयारीमा जुटे थारु नेतृत्व (यस्तो छ ८ बुँदे मागपत्र)

धनगढी, १९ जेठ । काठमाडौंमा सम्पन्न थारुहरुको भेलाले आउँदो भदौ ७ गते टीकापुरमा थारुहरुको बृहत् भेला गर्ने बताइएको छ ।

टीकापुर घटनामा ४२ महिना जेल जीवन बिताएर निस्किएका लक्ष्मण थारुको पहलमा सम्पन्न भेलाले ८ बुँदे मागसहित थरुहट आन्दोलनको घोषणा गरेको छ । भेलामा पचासौं हजार थारुहरु उतार्ने भेलाको निर्णय रहेको आयोजकले बताए ।

संविधानको विरोधस्वरुप भेलाले असोज ३ गते थारु युवा दस्ताको राष्ट्रिय सम्मेलन गर्ने निर्णयसमेत गरेको छ। सोही सम्मेलनमा थारुहरुलाई चित्त नबुझेको संविधानका धाराहरु जलाउने निर्णय भएको लक्ष्मण थारुले जानकारी दिए।

सोका लागि थरुहट नेता मीनराज चौधरीको संयोजकत्वमा १०१ सदस्यीय थरुहट थारुवान बृहत राष्ट्रिय सम्मेलन तयारी समिति गठन गरेको छ।

त्यस्तै रमेश चौधरी, तुल्सी चौधरी, सुरेश चौधरी, ललित चौधरी, पुरन चौधरी, विनोद चौधरी, माधव चौधरी र सीताराम चौधरीलाई देशब्यापीरुपमा विभिन्न जिल्लाको समन्वय गर्न जिम्मेवारी तोकेको छ।