दक्षिण अफ्रिकाको मन्त्रीमण्डलमा ५० प्रतिशत महिला
एजेन्सी, १९ जेठ । दक्षिण अफ्रिकामा पहिलो पटक नयाँ मन्त्रीमण्डलमा ५० प्रतिशत महिला सहभागीता गराइएको छ । राष्ट्रपति सिरिल रामाफोसाले रामाफेसाले अघिल्लो पटकको ३६ सदस्यीय मन्त्रीमण्डललाई घटाएर २८ सदस्यीय मन्त्रीमण्डल गठन गरेका छन् ।
मन्त्रीमण्डलमा ५० प्रतिशत महिला सहभागीता गराइएको छ । जुन दक्षिण अफ्रिकाको इतिहासमै पहिलोपटक हो । ८ मे मा भएको चुनावमा रामाफोसाको पार्टी अफ्रिकन नेशनल कांग्रेसले चुनाव जितेको थियो ।
रामाफोसाले विपक्षी पार्टीकी अनुभवी नेतृ पेट्रिसिया डे लीलीलाई मन्त्रीमण्डलमा समावेश गराएको थियो । उनले गुड पार्टीबाट चुनाव जितेकी थिइन् । केपटाउनकी पूर्वमेयरसमेत रहेकी उनलाई पूर्वाधार विकास मन्त्रालयको जिम्मा दिइएको छ ।
दक्षिण अफ्रिकाको नयाँ मन्त्रीमण्डलमा भारतीय मूलका प्रवीण गोर्धन र इब्राहिम पटेल पनि छन् । २८ सदस्यीय मन्त्रीमण्डलमा एक जना विपक्षी पार्टीको मन्त्री समेत छिन् ।













