महिला हिंसा न्यूनिकरण गर्न पुरुष अन्तरक्रिया

धनगढी, १८ जेठ । महिला हिंसाका घटनालाई हेर्ने हो भने ठूलो संख्यामा घरबाटै महिलाहरु असुरक्षित भएको देखिन्छ । यहि तथ्यांकलाई मध्येनजर गर्दै शुक्रबार धनगढी उप–महानगरपालिका वडा नं. १७ धुरझना मुक्त कमैया शिविरमा पुरुष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

क्रिश्चियन एड र प्लान नेपालको आर्थिक सहयोगमा कमैया प्रथा उन्मूलन समाज, ओरेक नेपालको संयूक्त आयोजनामा महिला माथि हुने हिंसा न्यूनिकरण गर्न पुरुषहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम भएको हो ।

कार्यक्रममा धनगढी उप–महानगरपालिका वडा नं. १७ का अध्यक्ष माधब रानाले वडा कार्यलयमा महिला हिंसाका घटनाबारे धेरै उजुरीहरु आउन थालेपछि हिंसा न्यूनिकरण गर्न पुरुषसंगको अन्तक्रिया जरुरी रहेकोले यो कार्यक्रम एकदमै समयसान्दिर्भक रहेको बताए ।

उनले बस्तीमा बेरोजारी भएको कारणपनि हिंसा बढेको अनुमान गर्दै धुरझर्ना मुक्त कमैया शिविरको लागि कस्तो खाले योजना ल्याउने भन्ने विषयमा रणनीति बनाईरहेको बताए । यो बस्तीकोलागि आफूले गर्न सक्ने सहयोग गर्न तयार रहेको पनि बताए ।

कार्यक्रममा महिला सेलका इन्र्चाज खेमराज पन्तले महिला हिंसा गर्नेलाई कानून बमोजिम हुने सजाय व्यवस्थाबारे अधारपत्र प्रस्तुत गरे ।

उनले महिला हिंसा न्यूनिकरण गर्न आफूले सिकेका सिकाईलाई व्यवहारिकतामा बदल्न आवश्यक रहेको बताए । साथै समुदायमा धेरैलाई कानूनबारे ज्ञान नभएकोले पनि हिंसा भईरहेको हुन सक्ने बताउदै आफूले सिकेका ज्ञान समुदायलाई बाड्न अग्रह समेत गरे ।

त्यसै गरि कमैया प्रथा उन्मूलन समाजका अध्यक्ष बसन्ती चौधरीले घरेलु हिंसा, उजुरी दिने प्रक्रिया र निकायको बारेमा छलफल गरेका थिईन् । उनले महिला पुरुष एक रथको दुई पांग्र भएकोले हरेक पुरुषले महिलाको सम्मान गर्नसके हिंसा न्यूनिकरण हुने बताए ।

उनले समुदायमा धेरैलाई हिंसाको परिभाषा थाहाँ नभएको, कानूनबारे अनविज्ञता र उजुरी प्रकृयाबारे जानकारी नभएको कारण हिंसा सहनुपर्ने अवस्था रहेको बताए । समुदायमा यी सवालको बारेमा छलफल गरेपछि हिंसा गर्नेहरुलाई सचेत बनाउनलाई यस्तो कार्यक्रम गरेको बताए ।

कार्यक्रममा वडा नं. १७ का महिला सदस्य सीमा चौधरी, प्रहरी चौकी कन्दरीका इन्चार्ज चन्द्रसिंह भाट, प्रहरी जवान सालिकराम गुरुड्ड, महिला सेलका सुनिता चौधरी, ओरेक नेपालका संयोजक विनु राना लगायतको उपस्थिति रहेको थियो ।

धनगढी उप–महानगरपालिक वडा नं. १७ वडा कार्यलयले समन्वय गरेको थियो । कार्यक्रममा ६० जना पुरुषको सहभागीता रहेको थियो ।