बजेटमा मुक्त कमैया, मुक्त हलिया, सुकुम्बासीलाई यसरी समेटियो

धनगढी, १६ जेठ । सरकारले आर्थिक वर्ष २०७६/०७७ का लागि रु १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले बुधबार अपराह्न व्यवस्थापिका–संसद्को बैठकमा सो बजेट प्रस्तुत गरेका थिए ।

विनियोजित रकममध्ये चालु खर्च ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख अर्थात ६२.४ प्रतिशत, ४ खर्ब ८ अर्ब ५९ लाख अर्थात २६.६ प्रतिशत र वित्तीयय व्यवस्थातर्फ १ खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख रुपैयाँ अर्थात ११ प्रतिशत बजेट विनियोजन गरिएको छ । जुन बजेटमा भूमि व्यवस्थालाई यसरी समेएिको छ ।

मुक्त कमैया, मुक्त हलिया, सुकुम्बासीलगायत सबै भूमिहीन र सीमान्तकृत परिवारहरूको बसोबास व्यवस्थित गरिनेछ। लामो समय देखिको सामाजिक कलंकबाट मुक्त हुने गरी कमैया र हलियाहरुको बसोवास कार्य आगामी वर्ष भित्र पूर्ण सम्पन्न गरिनेछ।

भूमिहीन, अव्यवस्थित बसोबासी, मोही, साना किसान, अल्पसंख्यक, दलित लगायत महिला तथा गरीब वर्गको भूमिमा पहुँच सुनिश्चित गरिनेछ। भूमि व्यवस्थाकोलागि ७५ करोड रकम बजेट विनियोजन गरेको छ ।