आगलागीबाट पिडित चौधरीलाई राहत

धनगढी, १५ जेठ । धनगढी नगरपालिका वडा नं. १६ का रमादेबी चौधरीको परिवारलाई राहत उपलब्ध गराइएको छ ।

धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले मंगलबार आगलागीबाट पडित भएका परिवारलाई राहत वितरण गरेका हुन् ।
नगरप्रमुखले उक्त परिवारलाई चामल, तेल, दाल, मसला लगायतका समान घरमै पुगेर हस्तान्तरण गरेका थिए । अपुग राहत बुधवार पठाउने नगरप्रमुख वडले बताए ।

गर्मीको बेलामा धनगढी उप–महानगरपालिकाका बिभिन्न ठाउँमा आगलागीका घटना भएको बताउदै नगरप्रमुख वडले आगोबाट बच्न सलाई, लाईट जस्ता आगोजन्य बस्तुलाई सुरक्षित राख्न अहवान गरे ।

रमाको घरमा सोमबार दिउसो मध्यान्न आगलागी भएको थियो । आगलागीबाट २० लाख ६० हजार बराबरको नोक्सानी भएको प्रहरीले मुचुल्का उठाएको छ ।