मुक्तकमैया र दलित बस्तीमा झुल वितरण
धनगढी १५ जेठ । धनगढी उप–महानगरपालिकाका मुक्तकमैया र दलित बस्तीमा किटनासक झुल वितरण गरिएको छ ।
मानविय सेवामा अनेकौ प्रयास नामक संस्थाले सोमबार उप–महानगरपालिकाको वडा नम्बर १५ स्थित शान्ती कटान र १७ को धुर्झन्ना शिविरमा झण्डै तीन सय ६५ किटनासक झुल वितरण गरेको हो ।
धुर्झन्ना शिवीरमा आयोजित औपचारीक कार्यक्रमका प्रमुख अतिथी तथा धनगढी उप–महानगरपालीका मेयर नृप वडले बर्षातको मौसम सुरु भएसंगै लाम्खुट्टेबाट सर्ने रोगबाट बच्न सो झुल वितरण गरिएको हो ।













