सरकारले सुदूरपश्चिमका १९ जना महिला सहित ८६ जनालाई विभुषित सम्मान गर्दै
धनगढी, १३ जेठ । सरकारले पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा र लोकेन्द्र बहादुर चन्दसहित सुदूरपश्चिमका ८६ जना पूर्व र वर्तमान सांसदलाई सम्मानीत गर्ने भएको छ । जस मध्ये १९ जना महिला रहेका छन् ।
संविधान निर्माणमा उल्लेखनीय योगदान पुर्याएको भन्दै सरकारले जेठ १६ गते गणतन्त्र दिवसको अवसर पारेर उहाँहरुलाई संविधानसभा पदकबाट विभूषित गर्न लागेको हो ।
विभूषित हुने महिलाहरु आरजु देउवा, आनन्दी पन्त, सुकदैया चौधरी, लिला कुमारी भण्डारी, रेणु चन्द, रुपा सासी चौधरी, राम दुलारी चौधरी, मिना चौधरी, मालामति राना, गरिमा शाह, बसुन्धरा बोहरा, फूलमति चौधरी, दुर्गा खुना, गौरी कुमारी ओली, गीता ठकुन्न, कलसा देबी महरा, कल्पना सोप, इश्वरी न्यौपाने र ज्ञानुदेबी गैरे रहेका छन् ।
त्यसैगरी पूर्वमन्त्री भीमबहादुर रावल, लेखराज भट्ट, रमेश लेखक, विरबहादुर बलायर, रामजनम चौधरी, गौरीशंकर चौधरी, जनकराज चौधरी, नारायण प्रकाश साउँद, नर बहादुर चन्द, दामोदर भण्डारी, दीर्घराज भाट, मोहन सिँह राठौर सहित ६८ सांसदहरु रहेका छन् ।
संविधानसभा पदक पाउनेहरुमा २०६४ र २०७० सालमा प्रत्यक्ष तथा समानुपातिक सांसदमा निर्वाचित भएकाहरु रहेका छन् । गृह मन्त्रालयद्वारा जारी सूचना अनुसार विभूषण समारोह राष्ट्रपति कार्यालय शितल निवासमा आयोजना हुनेछ ।













