सुदूरपश्चिम प्रदेशमा बन्दको प्रभाव
धनगढी, १३ जेठ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेपाल बन्दको आह्वान गरेको छ । पाटीले आफ्ना नेता तथा कार्यकर्ताहरु माथि गरेको धरपकड तथा गिरफ्तारीको विरुद्धमा एक दिने बन्दको आह्वान गरेको हो ।
बन्दका कारण प्रदेशको अस्थायी राजधानी धनगढी बजार बन्द छ साथै शैक्षिक सस्था समेत खुल्न सकेका छैनन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक प्रकाश डागीले विहान पुर्वबाट आएका गाडीहरु स्कटीङमा ल्याईएपनि अहिले सार्वजनिक सवारी साधन चल्न नसकेको बताए ।
गत मंगलबार भोजपुर र खोटाङको सिमनामा पर्ने मैयुममा पार्टीको युवा संगठनका तीर्थराज घिमिरेलाई दोहोर भिडन्तको नाममा हत्या गरिएका थियो ।













