देवानी तथा फौजदारीमा रहेका प्रावधानबारे अभिमुखीकरण
धनगढी, ९ जेठ । देवानी तथा फौजदारीमा रहेका प्रावधानबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । प्लान नेपालको आर्थिक सहयोग, महिला पुनस्र्थापना केन्द्र (ओरेक) नेपाल कैलालीको आयोजना तथा क्रियाशिल पत्रकार महिलाको सहकार्यमा सो अभिमूखिकरण भएको हो ।
कार्यक्रमको सहजीकरण डा. जानकी तुलाधरले गरेकि थिईन् । उनले भदौ १ गतेदेखि लागु भएको देवानी तथा फौजदारी संहितामा रहेका प्रावधान, नयाँ संविधानमा उल्लेख भएका कानून, हक अधिकारबारे जानकारी दिईएका थिईन् ।
देवानी कानूनमा अधिकार स्थापित, व्यक्ति उपस्थित हुनु पर्ने र फौजदारी कानूनमा दण्ड सजाय भोग्नु पर्ने, क्षतिपूर्ति तिर्नुपर्ने प्रावधान रहेको जानकारी दिईन् ।
उनले जिल्ला अदालत कैलालीको आर्थिक बर्ष ०७४/०७५ सालमा आएका मुद्दा फैसलाको अवस्थाबारे जानकारी समेत दिईएकी थिईन् । जबरजस्ती करणीको मुद्दा ४० दर्ता २० फैसला भएको २० बाँकी, माना चामल मुद्दा १२ दर्ता भएको ६ फैसाला ६ बाँकी, घरेलु हिंसा ३ दर्ता २ फैसाला भएको, सम्बन्ध विच्छेद १९४ दर्ता १३६ फैसाला ५८ कार्यान्वयनमा रहेको, छुवाछुट जातीय विभेद एक/एक वटा रहेको र फैसला भईसकेको छ ।
त्यसै गरी बोक्सी आरोप ४ दर्ता भएको र फैसाला भईसकेको, जबरजस्ती करण उद्योग २० मा १३ फैलाला, अंश सम्बन्धी १६१ मा ५६ फैसाला भईसकेको तथ्याङक रहेको बताईन् ।
ओरेक नेपालका जिल्ला संयोजक बिनु राना स्वागत तथा कार्यक्रमके उद्देश्यबारे जानकारी दिएकी थिईन् ।













