हसुलियामा शहिद स्मृती प्रतिक्षालय बनाउने निर्णय
हसुलिया, ९ जेठ । महिला कानुन विकास मञ्च र कैलारी गाउँपालिकाको सहकार्यमा हसुलियामा शहिद स्मृती प्रतिक्षालय बनाउने निर्णय गरेका छन् । विभिन्न समयमा शाहदत प्राप्त गरेका शहिदहरुको सम्झना उक्त प्रतिक्षालय बनाउने योजना रहेको बताइएको छ ।
महिला विकास मञ्चले शहिद स्मृती प्रतिक्षालय निर्माण समितिलाई कैलारी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी सत्गौवा थारुको रहोबरमा तिन लाखको चेक हस्तान्तरण गरेको छ ।
महिला कनून विकास मञ्चका अध्यक्ष मिरा ढुगांनाले नेपालमा लोकतन्त्र, प्रजातन्त्र र गणतन्त्र ल्याउन शहिदहरुले गरेको योगदानको सम्झनामा तथा शहिदका परिवारलाई शान्त्वनाका साथै आफ्नोपनको आभास दिलाउन प्रतिक्षलय निर्माण गर्न सहयोग गरेको बताईन् प्रतिक्षालय निर्माणका लागी गाउँपालिकाबाट ७ लाख बजेट विनियोजन गरिएको छ ।













