निर्मलाकी आमा सरकारले घोषणा गरेको राहत बुझिन्

काठमाडौ, ९ जेठ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले सरकारले घोषणा गरेको राहत बुझेकी छिन् ।

तीनै तहका सरकारले निर्मलाको परिवारलाई राहत घोषणा गरेको थियो । जसमा (स्थानीयले तीन, प्रदेशले पाँच र संघले १० लाख) गरी १८ लाख रुपैयाँ राहत दिने घोषणा गरेका थिए । सरकारले प्रदान गरेको सम्पूर्ण राहत रकम बुझेकी छन् । प्राप्त रकम उनले दुई छोरीको भविष्य निर्माणमा खर्च गर्ने बताएकी छिन् ।

भीमदत्त नगरपालिकाको उल्टाखामकी बालिका पन्त २०७५ साउन १० गते साथीको घरबाट हराएको भोलीपल्ट स्थानीय उखुबारीमा मृत फेला परेकी थिइन् ।

विगतमा निर्मलाका हत्यारा पत्ता नलागुन्जेल राहत नबुझ्ने अडान उनको परिवारले राख्दै आएको थियो ।