भारतीय चुनावः सुरुमै भाजपाको अग्रता, मोदी पुनः प्रधानमन्त्री बन्ने संकेट
एजेन्सी, ९ जेठ । भारतमा लोकसभा निर्वाचनको मतगणना सुरु भएको छ । सुरुवातीमै सत्तारुढ भारतीय जनता पार्टीको गठबन्धले अग्रता लिएको छ । ठिक ८ बजेबाट सुरु भएको मतगणनाअनुसार भाजपा नेतृत्वको एनडीएले १२६ सिटमा विजयी भएको छ भने काँग्रेस नेतृत्वको यूपीए ४५ सिटमा विजयी भएको छ । त्यस्तै अन्य ४४ सिटमा विजयी भएका छन् ।
त्यसैगरी काँग्रेस नेता राहुल गान्धी पछि परेका छन् । मत गणनाअनुसार राहुत १९ भोटले पछि परेका छन् । भारतको लोकसभाका ५ सय ४५ सदस्यमध्ये ५ सय ४३ स्थानका लागि भएको निर्वाचनको मतगणता सुरु हुँदैछ । विद्युतीय मेसिनमार्फत मतगणना हुने भएकाले आजै साँझसम्ममा अधिकांश स्थानको नतिजा आउने अनुमान गरिएको छ । मतगणना स्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
लोकसभामा बहुमतका लागि २ सय ७२ सिट आवश्यक पर्छ । मतगणना सुरु हुनुपूर्व गरिएका सर्वेक्षणहरुले नरेन्द्र मोदी फेरि प्रधानमन्त्री बन्ने देखाएको छ । तर, विपक्षी नेताहरूले अस्वीकार गर्दै आएका छन् ।













