धनगढीमा कराँतेका खेलाडीलाई सम्मान

धनगढी, ८ जेठ । धनगढी उप–महानगरपालिका र धनगढी कराँते ऐकेडेमीले बुधवार सुदूरपश्चिमका कराँते खेलाडीहरुलाई सम्मान गरेको छ ।

कराँते खेलका माध्यमबाट योगदान पु¥याउने खेलाडिहरुलाई प्रमाणपत्र र नगद सहित खेलाडीहरुलाई सम्मान गरेको हो । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले खेलाडीलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरेका छन् । सम्मान कार्यक्रममा बोल्दै नगरप्रमुख वडले धनगढी खेलकुदको शहरका रुपमा परिचित हुदै गएको बताए । उनले खेलकुदको विकास तथा प्रवद्र्धन गर्ने निति उप–महानगरपालिकाले लिएको बताए ।

नेकपाका सुदूरपश्चिम प्रदेश सदस्य रमेश धामीले खेलाडीहरुले सुदूरपश्चिमको शिर ठाडो पार्नेकाम गरेको बताए । उनले धनगढी उप–महानगरपालिकाले खेलकुदलाई प्राथमिकतामा राखेर काम गरेको भन्दै प्रशंसा गरे । धनगढी उप–महानगरपालिका वडा नं ३ का अध्यक्ष बलबहादुर ऐरले मोहना नदीको बगरमा खेलकुद मैदान बनाउनका लागि पहल भैरहेको बताए । ऐकेडेमीका सचिव त्रिलोक पाण्डेका अनुसार कार्यक्रममा खेलाडी जगत सिंह धानुक, हेमराज थापा लगायतलाई सम्मान गरेको थियो ।