आफ्नै श्रीमानबाट बेचिएकी एविः नयाँ जिवनको कसरत गर्दै
धनगढी, ५ जेठ । कैलाली जिल्ला नाम परिवर्तन (एवि) आफ्नै श्रीमानबाट मजदुरी गर्ने बहानामा बेचिएकी थिईन् । सानै उमेरमा विबाह बन्धनमा बाधिएकी चौधरी भन्छिन् ‘म ३÷४ महिनाको हुँदा आमा बुवाले सो केटासंग मगनी गरिदिए । घरको आर्थिक अवस्था कमजोर भएको कारण स्कुलपनि पढ्न पाईन । सानैदेखि कमलहरी बसे । १२ वर्षको उमेर विबाह भयो ।’
‘कमलहरी बस्दा मालिकको बच्चा उठाउन नसक्दा धेरै कुटाई खानुपर्थ्यो । थाङनो सफासंग धोएन भनेर माल्किनीले बच्चाको दिशा समेत मुखमा कोच्ने गर्थिन् । म आफै बच्चा थिए, र पनि ठूलो मान्छेले गर्ने जतिको काम गर्नुपर्थ्यो ।’
उनी विबाह भएको दुई वर्षपछि मात्रै महिनावारी भएको सुनाईन् । महिनावारी लगतै उनको गर्भपनि बस्यो । लगातर २÷३ वर्षको फरकमा ३ वटा सन्तान जन्माएर स्थाई बन्ध्याकरण गरेको बताईन् ।
उनी र उनका श्रीमानले आर्थिक कमाउन ३ वटै बच्चा माईत छोडेर भारतको श्रीनगर गएको बताईन् । ‘केही महिना त्यहाँ काम गर्यो, त्यहाँबाट रिसिकेश भन्ने ठाउँमा गयो । केही महिना काम गरेर छोरा छोरी भेट्न भनेर दुबै घर फर्केर आयो । २०७० सालमा पुनः भारतको रोरु भन्ने ठाउँमा लग्यो । त्यहाँ गएको केही दिनसंगै काम गर्यो, एका एक श्रीमान बेपत्ता भयो ।’
उनी मालिकसंग श्रीमानको खोजी गरिदिन आग्रह गरेपछि मात्रै आफू बेचिएको कुरा थाहाँ पाएको बताईन् । ‘दुई वर्ष सम्म बेचिएकै घरमा काम गरे । महिनामा २÷३ सय रुपैया व्यतिmगत खर्चकोलागि पाइन्थ्यो ।’ उनी काम गर्ने मालिकको छिमेकी घरमा चौधरी नामको नेपाली केटो काम गर्ने गरेको सुनाईन् । चौधरी आफ्नो मालिकको सहारामा आफूलाई त्याहाँबाट भगाएर नेपाल ल्याएको कुरा सुनाईन् ।
उनी भनिन् ‘गाउँ फर्किदा समाजले हेर्ने दृष्टिकोण फरक थियो । त्यहाँबाट फर्केर म माईत नै बसेको थिए । मेरो पीडा देखेर चौधरी विबाहको प्रस्ताव लिएर मेरो माईत आयो । तीन वटा बच्चा सहित स्वीकार गर्नु हुन्छ भने विबाह गर्छु भन्दा उनलृ मान्यो र पुनः दोस्रो पटक विबाह गरेको सुनाईन् । विबाह भएको तीन वर्ष पुग्यो श्रीमान श्रीमतिको एकदमै राम्रो सम्बन्ध छ, तर नयाँ सासु ससुराले बुहारी स्वीकार गरेका छैनन् । तीन बच्चा सहित श्रीमान श्रीमति छुट्टै बसेका छौं ।’
उनले भनिन् ‘पहिलो श्रीमानको कुटाईले शरिर एकदमै कमदमै कमजोर भईसकेको छ । श्रीमानले भारतमा काम गर्दा एक पटक भरीबाट ढकेलिदियो पछि स्याउको रुखमा अडिएर बाँचे । धेरै पटक बेहोस हुने गरि पिट्यो । धेरै पटक अस्पालतमा भर्न समेत भए । पहिलाको यातनाले भारी उठाउने काम गर्न सक्दैन, घरमा आर्थिक आय स्रोत केही छैन । श्रीमानको कमाईले मात्रै परिवार धान्न धौ धौ भई सक्यो ।’ उनीसंग न नागरिकता छ न त विबाह दर्ता नै । पुरानो श्रीमानसंग धेरै पटक नागरिकता बनाई दिन आग्रह गरे तर मानेन । उनले भनिन् ‘अब मेरो नागरिकता र विबाह दर्ता बन्छ कि बन्दैन भनि प्रश्न समेत गरिन् ।’
हाल उनीसंग १३ वर्षिय जेठी छोरी, १० वर्षिया जेठो छोरा र ८ वर्षिय कान्छो छोरा साथमै छन् । उनले ठेला नास्ता पसल सञ्चालन गर्ने सोचमा छिन् तर आर्थिक अभावले सम्भावनाको खोजीमा संघसंस्थासंग गुहार गर्दैछिन् ।













