थारु लोककथामा आधारित ‘हिट्वा नाटक’ थियटरबाट मञ्चन हुने
धनगढी, ४ जेठ । थारु लोककथामा आधारित ‘हिट्वा नाटक’ धनगढीको शुभश्री प्यालेसमा थियटरबाट मञ्चन हुने भएको छ ।
नाटकबाट उठेको कुल रकमको केही प्रतिशत सामाजिक हितमा लगानी गर्ने थारु कल्याणकारीणि सभा कैलालीका उप सभापति माधब थारुले जानकारी दिए ।
उनले नाटककार लेखक सुशील चौधरीको नेतृत्वमा हुन गईरहेको सो मञ्चन सबैले एक पटक हेर्नै कहानी रहेको बताए । धनगढीको हसनपुरमा रहेको शुभाश्री प्यालेसमा साँझ पाँचदेखि ७ बजेसम्म मञ्चन हुने भएको आयोजकले बताएको छ ।
नाटक हेर्न आउने सम्पूर्णले टिकट लिएर आउनुपर्ने व्यवस्था मिलाइएको उपसभापति चौधरीले बताए । सुदूरपश्चिमको धनगढीमा पहिलो पटक यस्तो नाटक देखाउन लागेको ‘हिट्वा नाटक’ सुशील चौधरीले बताए । सुशिल चौधरीको लेखन, सैडान नाटक घरको उत्पादन, झकेन बिसीको निर्देशन, शान्तिका लागि युवा संजाल र बर्दियाको प्रस्तुति रहेको छ ।
हमार कला संस्कृति हमार पहिचान, खनगर फुनगर बनाई कना हमार अभियान’ भन्ने मुल नाराका साथ मञ्चन हुने ‘हिट्वा नाटक’ शुभ आरम्भ इभेन्ट म्यानेजमेन्ट प्र लि र थारु कल्याणकारिणी सभा, कैलालीको सयुंक्त आयोजना मञ्चन हुनलागेको छ ।













