तरकारी खेतिबाट आत्म निर्भर बन्दै

धनगढी, ३ जेठ । धनगढी उपमहा नगरपालिका वडा नं. १७ धुरझना मुक्त कमैया शिविरका बासमति चौधरी पहिलो सिजनमै तीन कुन्टल सम्म तरकारी बिक्री गरिसकेको बताईन् ।

उनी एक कठ्ठा जमिनमा भिन्डी, करेला, काँक्रा रेपेकी छिन् । ‘तरकारी खेति राम्रो भयो, एक महिना अगाडीदेखि नै तरकारी फलिरहेको छ । घरमा हरियो ताजा तरकारी खाना पाउनुका साथै दुई/चार रुपैया अम्दानीपनि भएको छ ।’

उनी पहिलो सिजनमै १२ देखि १५ हजार सम्मको तरकारी बेचिसकेको बताउदै दोस्रो चरणमा पुनः बीउ किनेर तरकारी रोपी सकेको बताईन् ।

त्यस्तै सोही ठाउँको खुईतिदेबी चौधरी पनि ६/७ हजारको तरकारी बेचेको बताउछिन् । उनी आफै जल मल गरेर हुर्काएको तरकारी धनगढी, बनबेहडा, सरौता लगायतको ठाउँमा साईकल लिएर बेच्न जानेको बताउछिन् । तरकारी फलेको देखेर उनी एकदमै खुशी छिन् ।

उनी अफ सिजनमा पनि तरकारी रोप्ने कि भनेर मनसाय समेत बनाएको बताउछिन् । सरकारी तथा गैर सरकारी संघसंस्थासंग उनी बेमौसमी तरकारी खेतिको तालिमको अपेक्षा रहेको सुनाईन् ।

त्यसै सोही ठाउँका जयतन्ती चौधरीको बारीमा पनि मजाले तरकारी फलेको छ । उनीहरु पालैपालो तरकारी बेच्ने जाने गरेको सुनाईन् ।

पहिला पहिला महंगोमा बेच्यो । करेला १०० रुपैया केजी र काँक्रा ६० रुपैया केजी बेचेको बताईन् । आजभोली तरकारीको भाउ घटेकोले काँक्र ३० र करेला ५० मा बेचिरहेको बताईन् ।

यी महिलाहरु तरकारी बेचेर विभिन्न समुहमा बचत गर्ने गरेको सुनाए । ‘पहिला समान्य खर्चको लागिपनि श्रीमानको भर पर्नुपर्ने हुन्थ्यो, तरकारी बेच्न थालेपछि आत्म निर्भर भएका छौं । तरकारी बेचेको पैसाले नुन तेल, मेकअपका समान, छोरा छोरीको स्कुल खर्चमा सहयोग भएको छ ।

कमैया प्रथा उन्मूलन समाजले क्रिश्चियन एडको आर्थिक सहयोगमा उक्त शिविरलाई चैत्र १४ गते ६१ घरधुरीलाई तरकारीको बीउ बितरण गरेको थियो ।