प्रियंकाले पाईन् ४ करोड फलोअर्स

बलिउड र हलिउडमा राम्रै स्थान बनाएकी नायिका प्रियंका चोपडा विभिन्न कारणबाट चर्चामा आइरहन्छिन् । पछिल्लो समय उनी चलचित्र भन्दा पनि विभिन्न स्क्यान्डलबाट चर्चामा आइरहेकी छिन् । हालै ‘मेट गाला २०१९’मा उनले लगाएको पहिरनको पनि निकै चर्चा र विवाद भएको थियो ।

उनै प्रियंकाले आफ्नो इन्स्टाग्राममा ४ करोड फलोअर्स पाएकी छिन् । बुधबार उनको इन्स्टामा ४ करोड फलोअर्स पुगेको छ । उनले ४ करोड फलोअर्स पुगेको अवसरमा सबै फलोअर्सलाई धन्यवाद भन्दै एक भिडियो पनि सार्वजनिक गरेकी छिन् । उनले सार्वजनिक गरेको भिडियोमा प्रियंकाको अनुहारमा निकै खुसी झल्किएको छ ।