एस.ओ.एस.बालग्रामलाई स्टेशनरी हस्तान्तरण

धनगढी, ३१ बैशाख । धनगढी उप–महानगरपालिकाले एस.ओ.एस. वालग्राम गेटामा रहेका अनाथ बालबालिकाहरुलाई आवश्यक स्टेशनरी उपलब्ध गराएको छ ।

उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले मंगलबार स्टेशनरी हस्तान्तरण गरेका हुन । धनगढी उप–महानगरपालिकाले एस.ओ.एस. वालग्रामको संरक्षणमा रहेका वालबालिकाहरुलाई स्टेशनरी उपलब्ध गराउने गरी २ लाख २० हजार बिनीयोजन गरेको बताए । उक्त रकमबाट बालग्रामले वालबालिकालाई आवश्यक पर्ने कापी, कितावहरु बलग्रामले खरिद गरेको थियो ।

स्टेशनरी हस्तान्तरण कार्यक्रममा बोल्दै धनगढी उप–महानगरपालीकाका प्रमुख नृपबहादुर वडले एसओएस वालग्रामको स्वमित्व सरकारले लिनुपर्ने बताए । यसलाई प्रदेशकै सरकारी स्वामित्वको वालगृह बनाउनका लागि आफुले मुख्यमन्त्री संग प्रस्ताव नै राखेको हुँ नगरप्रमुख वडले भने, ८८ वटै स्थानीयतहले सहयोग गरेमा संस्था संचालन गर्न समस्या हुदैन ।

एसओएस वालग्रामका निर्देशक पदम हमालले संरक्षण एस.आ.एस. बालग्रामले दिएको भएपनि अभिभावकत्व राज्यले लिनुपर्ने बताए । प्रदेश सरकार र केहि स्थानीयतहमा प्रस्ताव राख्दा पनि सहयोग नमिलेको निर्देशक हमालले बताए ।

संस्थाले १ सय ६ जना टुहुरा वालबालिकाहरुलाई पारिवारीक माया ममताका साथ संरक्षण गरेर पालेको छ । उनिहरुको शिक्षा दिक्षाको सबै जिम्मेवारी समेत संस्थाले नै गरेको छ । स्थानीय सरकारको सिफारिसका आधारमा आमा बुवा दुबै गुमाएका ५ बर्ष मुनीमा वालबालिकाहरुलाई एसओएसले संरक्षण गर्ने गर्दछ ।