हपहपी गर्मीका कारण ‘चिसो’ व्यवसायतिर महिला
धनगढी, ३१ बैशाख । कैलारी गाउँपालिका वडा नं. २ हरिनगरका माया चौधरी आइस क्रिम बेचेर दैनिक तीन हजारदेखि पाँच हजार सम्म कमाई रहेकी बताउछिन् । उनी भन्छिन् ‘श्रीमान रोजगारको शिलशिलामा साउदी अरब गएको छ, तलब राम्रो छैन । बच्चाहरुलाई पढाउनकोलागि केही न केही गर्नै पर्ने हुन्छ ।’ उनी थपिन् ‘दिनभरि बेचेर तीन देखि पाँच हजार सम्म कमाही हुन्छ, सबै कटाएर नौ सयदेखि १५ सयसम्म अम्दानी हुन्छ ।’
गर्मी बढेसंगै आईस् क्रिम विक्रीपनि बढ्छ । हाल उनी दुई छोरा लिएर धनगढी उप–महानगरपालिका ७ देवहरियामा बस्दै आएकी छिन् । मायालाई आईस क्रिम बेच्न लागेको यो पाँचौं हो ।

महिलाहरुपनि साना तिना व्यपार व्यवसायी गरेर आफ्नो खुट्टामा उभिन सके कसैले हेप्न नसक्ने उनको तर्क थियो । अरुको भर परेर सानो खर्चकोलागि पनि परनिर्भर हुनु भन्दापनि आफैले केही गरेर आर्थिक आर्जन हुने काम गर्न सके स्वतन्त्र भएर बाँच्न सकिने बताईन् ।
उनी सानो खोका पसलबाट आफ्नो व्यपार शुरुवाट गरेकि छिन् । गर्मीयाममा आईसक्रिम बेचेर खोका पसललाईपनि राम्रो बनाउन सफल बन्दै गएको उनले बताईन् । उनी रु ५ देखि ६० रुपैया सम्मको आईस क्रिम बच्ने गरेको जानकारी दिईन् ।
मायाले भनिन् ‘कैलालीमा सम्भवत आईस क्रिम बेच्ने महिला म मात्रै हुँ कि जस्तो पनि भान हुन्छ । मेरो व्यपार देखेर छिमेकी महिलाहरु एकदमै खुशी छन् । महिलाले गर्न नसक्ने काम केही छैन्, इच्छा शक्तिको मात्रै खाचो छ ।’

धनगढी नगरपालिका वडा नं. १७ पथरीका रतनी देबी चौधरी दैनिक ५ देखि ७ कुन्टल सम्मको तरभुजा बेच्ने गरेको बताईन् । कैलालीमा अत्याधिक गर्मी बढेपछि मनलाई चिसोपार्न टरभुजा, आईुक्रिम, उखु जुस बढि मात्रमा बिक्री भईरहेको छ ।
रतनीदेबी आफ्नो श्रीमानलाई डल्लब हाक्न लगाउने, आफू चाही तरभुजा बेच्ने गरेको सनाईन् । उनीहरु ५ दिनदेखि लगातर धनगढी बजारमा तरभुजा बेचिरहेका छन् ।

नदीको बगरमा रोपेको तरभुजा हराभरा भएपछि उनीहरु धनगढी ल्याएकोको बताए । एउटै टरभुजा ६ केजी सम्मको तौल रहेको बताउदै प्रति केजी ३० रुपैयाका दर बेच्ने गरेको उनले सुनाईन् । उनी पाँच दिनको अवधिमा ६० हजार सम्मको टरभुजा बेचिसकेको बताईन् ।
केही दिनदेखि कैलालीको तापक्रम ४० देखि ४२ डिग्री सेल्सियससम्म पुगेको छ। आज भने बादल लागेको कारण मौसम शितल रहेको छ ।













