गर्मीलाई च्यालेन्ज दिदै धनगढी फन सिटी
धनगढी, २९ बैशाख । गर्मीयाममा आन्तरिक तथा बाह्रय पर्यटकको रोजाईमा धनगढी फन सिर्टी पर्नेगरेको छ।
चैतदेखि तराईमा तापक्रम बढेसँगै यहाँका मानिसहरु गर्मीबाट छुटकार पाउनका लागि नदी तथा स्वीमिङ फुल जान थालेका छन्। गर्मी बढेपछि स्वीमिङ पुलमा पौडी खेल्न आउनेको संख्या बढ्न थालेको छ।
एक वर्षदेखि सञ्चालनमा आएको धनगढी फल सिटीमा हाल सम्म ६० हजार पर्यटकहरु अगमन भईसकेको धनगढी फन सिटीका सञ्चालक श्याम विष्टले जानकारी दिए ।
उनका अनुसार दैनिक ५ देखि ७ सय जना स्वीमिङ गर्न आउने गरेको बताउदै फन सिटीमा आउने मध्ये ७० प्रतिशत भारतिय पर्यटक रहेको बताए । पछिल्लो अवस्थामा कैलालीको टिकपुर, लम्की, अतरिया घोडाघोडी लगायत विभिन्न ठाउँबाट गर्मी छल्ल फन सिटीमा आउने गरेका छन्।

त्यसै गरि भारतको लखनउ, मैलानी, लखिमपुर, गोला, भिरा, पलिया र बनगाउँवा लगायत ठाउँबाट पर्यटकहरु आउने गरेको सञ्चालक विष्टले बताए । १५ करोडको लगानीमा तयार भएको फन सिटीमा जलबिहार गर्न विभिन्न सुबिधासहितको फन पार्क सञ्चालन भएको हो ।
धनगढी उपमहानगरपालिका २ त्रिनगर भन्सार नजिकै पुरानो भन्सार रोडमा दुई विघा क्षेत्रफलमा निर्माण भएको फन सिटीमा फन पार्क, जलबिहार, लगायत विभिन्न प्रकारका पानीमा रमाउनका लागि आवश्यक पर्ने उपकरणहरु, रेष्टुरेन्ट लगायतको सुबिधाहरु रहेको छ ।
उनले निर्माण भएको फनपार्कमा स्वीमिङ पुलसहित वेब पुल, किड्स पुल, मल्ट्रील्याण्ड स्लाईड, ट्युवलाईट स्लाईड, पेन्डुलम, म्युजिकल फनटेन, व्रेक डान्स लगायतका जलबिहारमा आनन्द लिन सकिने सेवाहरु छन् । स्वीमिङको लागि महिलाहरुको रोजाई अनुसार स्वीमिङ कस्टमको व्यवस्था गरिएकोले यूवतिदेखि गृहणी महिला स्वीमिङ गर्न आउने गरेको संञ्चालक श्याम विष्टको भनाई छ ।

स्वीमिङको लागि हरेक दिन साझा पानीमा औषधी हालेर ट्रिटमेन्ट गर्नुका साथै हप्तामा एक पटक पुरै पानी चेन्ज गर्ने गरेको उनले बताए । लुतो, धाद, खुन्जली भएको ग्रहकहरुलाई स्वीमिङ गर्नबाट रोक लगाई उहाँहरुलाई परमर्शपनि दिने गरेको बताए ।
सुदूरपश्चिम प्रदेशमा एक मात्रै फन सिटी रहेकोले पर्यटकहरु गर्मीलाई च्यालेन्ज दिदै पानीको आन्नद लिईरहेक छन् ।













