‘लोकतन्त्रमा मात्रै महिला सुरक्षित’

धनगढी,२७ बैशाख । धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशिला मिश्र भट्टले लोकतन्त्रीक व्यवस्थामा मात्रै महिला सुरक्षित हुने बताएकी छन्।

शुक्रबार धनगढी उप–महानगरपालिको महिला विकास शाखाले आयोजना गरेको लैंगिक हिंसा निवारणका लागि न्यायीक समितिको क्षमता विकास तालिमको उद्घाटन गर्दै उप–प्रमुख भट्टले यस्तो दाबी गरेकी हुन। लोकतन्त्रले नै महिलालाई मूलप्रवाहमा ल्याउन आरक्षणको ब्यबस्था गरेको हो उप–प्रमुख भट्टले भनिन्,प्राप्त अधिकारको सदुपयोग गर्ने दायीत्व तपाई हाम्रो काँधमा रहेको छ । अधिकार प्राप्त गरेको भएपनि त्यसाको प्रयोग गर्न महिलाहरु हिच्कीचाउने गरेको उप–प्रमुख भट्टले बताईन ।

महिलाहरु नै सबैभन्दा बढी लैंगिक हिंसा खेपिरहेको बताउदै उप–प्रमुख भट्टले भनिन्, पुरुष र महिला जनप्रतिनिधीहरु समान हुन उच्च मनोवलका साथ काम गर्नुपर्दछ । हाम्रो सामाजिक संरचनाका कारण महिलाहरु माथी हुने हिंसा न्यूनिकरण हुन नसकेको उप–प्रमुख भट्टले बताईन । धनगढी उप–महानगरपालिकाले लैंगिक मैत्री बजेट ल्याउने प्रयास गरिरहेको छ उप–प्रमुख भट्टले भनिन्,यसको अभ्यास सबैठाउँमा हुनुपर्दछ ।

उप–प्रमुख भट्टले धनगढी नगरलाई महिला मैत्री बनाउने रहर आफ्नो भएको बताईन । उनले भनिन्,कुनैपनि महिलाले जुनसुकै समयमा बजार क्षेत्रमा हिड्दा पनि आफु सुरक्षित भएको महशुस गर्न सक्नुपर्छ । उनले यसका लागि सबै महिला तथा पुरुष जनप्रतिनिधीहरुको सहयोग र सल्लाह आवश्यक रहेको बताईन ।