छोरीलाई जिउँदै जलाउने आमाबुबा पक्राउ

दार्चुला, २७ बैशाख । दश महिने छोरीलाई जिउँदै जलाएको आरोपमा प्रहरीले एक दम्पत्तिलाई पक्राउ गरेको छ।

व्यास गाउँपालिका– ५ चुकपानीमा १० महिने छोरी खरको थुप्रोमा राखेर आगो लगाएको आरोपको नविन विष्ट र उनकी श्रीमती शिला विष्टलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार विष्ट दम्पत्तीले बिहिबार राति शिशुलाई खरको थुप्रोमा राखेर जलाएको भन्दौ पक्राउ गरेको जनाएको छ।

जलेर शिशुको मृत्यु भईसकेको र यस सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।