सिद्धार्थ बैक सुदूरपश्चिममा ४ अर्ब ५० करोड ऋण लगानी

धनगढी २६ बैशाख । सिद्धार्थ बैक लिमिटेडले सुदूरपश्चिम प्रदेशका ९ वटा शाखा बाट ४ अर्ब ५० करोड ऋण लगानी गरेको जनाएको छ ।

सिद्धार्थ बैक लिमिटेडले धनगढी उपमहानगरपालिका वडा नम्बर ८ को क्याम्पस रोडमा स्थापना गरेको १ सय ४१ औ शाखाको उद्घाटन कार्यक्रमा सुदूरपश्चिम प्रदेशमा ऋणलगानीको अवस्थाका बारेमा जानकारी दिएको हो ।

सुदूरपश्चिम सिद्धार्थ बैक लिमिटेडका प्रमुख पवन चन्द्र अधिकारीले बैकले कृषि र उत्पादन क्षेत्रमा बढी लगानी गरेको बताए । बैकले अन्य क्षेत्रमा संकलन भएको निक्षेप लाई यस प्रदेशमा लगानी बढाएको प्रमुखले जानकारी दिए ।

बैकका उप कार्यकारी अधिकृत सुन्दर प्रसाद कंडेलले नेपाल राष्ट्रि बैक बाट क वर्ग प्राप्त सिद्धार्थ बैक २९ वटा कर्मशिल बैक मध्ये छैठौ नम्बरमा पर्ने सफल भएको बताए । बदलिदो सुचना प्रविधी अनुसार सिद्धार्थ बैक लिमिटेडेले आफुलाई परिमार्जन गदै गएको उनले बताए । ७ लाख भन्दा बढी निक्षेप कर्ता रहेको सिद्धार्थ बैकले आगामी दिनमा सेवाग्राहीको आवश्यकता र माग अनुसार काम गदै जाने उनको भनाई छ ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिर्थी धनगढी उपमहनगरपालिका मेयर नृप बहादुर वडले यस क्षेत्रमा संञ्चालन भईरहेका बैकहरुले संकलन गरेको लगानी लाई यस क्षेत्रको विकास निर्माणमा खर्च गर्ने आग्रह गरेका छन् । उनले बैकहरुले उत्पादन, कृषि र उद्यमशिलतामा लगानी गरे सुखी नेपाली र सम्वृद्ध नेपालको सपना पुरा हुने बताए । बैकहरुले आर्थिक पाटो लाई मात्रै नभई सामाजिक उत्तरदायित्व लाई पनि शिषेश जोड दिनुपर्ने बताए ।

कुनै समय एउटै सरकारी कार्यालय र बैक तथा वित्तय संख्या नभएर बैकिङ कारोवार गर्ने मुख्य बजार पुग्ने त्यस क्षेत्रका ब्यापारी पछिल्लो समय खुशी भएका छन् । पछिल्लो समय क्याम्पस रोगमा एक पछि अर्काे बैक खूल्ने क्रम बढेको छ । हाल क्याम्पस रोड क्षेत्रमा कृषि विकास बैक, कुमारी बैक, सांग्रीला बैक र सिद्धार्थ बैक खुलेका छ ।