धनगढी विमानस्थलको उडान सेवा आजदेखि बन्द
धनगढी, २२ बैशाख । धनगढी विमानस्थलको उडान सेवा आजदेखि बन्द गरिएको छ । विमानस्थलको धावनमार्ग स्तरोन्नति र पार्किङ क्षेत्र विस्तारको काम गर्नुपर्ने भएकाले १ महीनाका लागि बन्द गरिएको विमानस्थल कार्यालयका प्रमुख तेजबहादुर बुढाथापाले बताएका छन् ।
१ हजार ८०० मिटर लामो र ३० मिटर चौडा धावनमार्गमध्ये ८ सय मिटर धावनमार्ग पूर्णरुपमा भत्काएर पुन स् निर्माण गर्न लागिएको हो ।
यस्तै पार्किङ क्षेत्रमा २ वटा जहाज एक साथ अड्याउने व्यवस्था रहेकामा एकसाथ ४ वटा जहाज पार्किङ गर्न सकिने गरी पार्किङ क्षेत्रको विस्तार हुँदै छ । आगामी जेठ महीनाको २१ गतेपछि विमानस्थलमा हवाई सेवा शुचारु हुने छ ।













