‘बिपद ब्यबस्थापनको पूर्व तयारीमा जुट्न सके क्षति हुनबाट जोगिन्छ’

धनगढी, २२ बैशाख । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले बिपद ब्यबस्थापनको पूर्व तयारीमा जुट्न सरोकारवालाहरुसंग आग्रह गरेका छन् ।

आईतबार जिल्ला विपद ब्यबस्थापन समितिले आयोजना गरेको मनसुन पूर्व तयारी कार्यशाला गोष्ठीमा उनले यस्तो आग्रह गरेका हुन् ।

पूर्वि तराईमा आँधीले ठूलो क्षति पु¥याई सकेकोले मनसुनको लक्षण राम्रो नदेखिएको बताए । समयमै तयारी अवस्थामा रहे बिपदबाट हुन सक्ने क्षेतिलाई न्यूनिकरण गर्न सकिने उनको भनाई थियो ।

कैलालीका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला बिपद ब्यबस्थापन समितिका संयोजक यज्ञराज बोहराले बिपदको जोखिम न्यूनिकरणका लागि योजना आवश्यक भएको बताए । यस कार्यशालामा बिपद जोखिम न्यूनिकरणका लागि कसरी राम्रो र चाँडो योजना बनाउनका लागि गहन छलफल हुनपर्ने बताए । जिल्ला अधिकारी बोहराले स्थानीयतहरुसंग श्रोतसाधन पनि अन्यलेपनि बढी सक्रिय भईदिन अग्राह गरे ।

कार्यशालामा जिल्लाका प्रहरी प्रमुख, सरोकारवाला सरकारी कार्यालयका प्रतिनिधी, जिल्ला रेडक्रस शाखा कैलालीका प्रतिनिधी, जिल्लामा क्रियाशिल राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।