कैलारी गाउँ पालिकामा सामुदायिक संवाद

धनगढी, २० बैशाख । महिला, कानून र विकास मञ्च र इन्टर नेशनल एलर्टको सहकार्यमा कैलारी गाउपालिका बडा नं. ७ मा लागु “औषध नियन्त्रणमा सरोकारवालाको भुमिका विषयमा सामुदायिक संवाद सम्पन्न भएको छ ।

त्यस्तै सोही गाउँ पालिकाको ५ मा “द्धन्द्ध पीडितहरुलाइ आय आर्जन कार्यक्रम अन्तर्गत गापाबाट संचालन गर्ने कार्यक्रमको जानकारी” को सवालमा पनि सामुदायिक संवाद भएको थियो ।

बडाका जनप्रतिनिधि, द्धन्द्ध पीडित, नागरिक समाज र संघसस्थाहरुको सहभागितामा संबाद गरिएको महिला कानून र विकास मञ्चका जिल्ला संयोजक डा जानकी तुलाधरले जानकारी दिईन् ।

संवाद कार्यक्रममा वडा नं ७ का अध्यक्ष कमल प्रसाद चौधरीले अगामी बजेटमा युवा लक्षित कार्यक्रमलाई बढि भन्दा बढि समावेस गरी बडामा जनचेतना फैलाउने कार्यक्रम सञ्चालन गर्ने बताए ।

त्यसै वडा नं ५ का अध्यक्ष विष्णु चौधरीले द्धन्द्ध पीडितका लागि बेतबास, कुखुरा पालन, कडाई तालिमको लागि बजेट बिनियोजन भएको जानकारी दिए ।