प्रथम मेयर कप फुटवल प्रतियोगिता शुरु

घनगढी, २० बैशाख । धनगढी उप–महानगरपालिका नगर खेलकुद विकास समितिको आयोजना गरिएको प्रथम नगर स्तरीय मेयरकप फुटवल प्रतियोगिताको उद्घाटन गरिएको छ ।

धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले एक कार्यक्रका बिच उद्घाटन गरेका हुन । फुटवल प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख वडले धनगढीलाई खेलकुदको नगर बनाउन आफु लागि परेको बताए । अहिले पुरुषको मात्रै फुटवल प्रतियोगिता आयोजना गरिएको भएपनि दोश्रो बर्षबाट महिला फुटवल प्रतियोगिता पनि आयोजना गरिने नगरप्रमुख वडले बताए ।

प्रत्येक वडामा खेलकुद मैदान निर्माण गर्न थालेको बताउदै नगरप्रमुख वडले भने, अव क्रिकेटको मात्रै होईन धनगढीमा सबै किसिमका खेलकुदको हव बनाउने अभियान लागेको बताए । खेलाडी भएको समाज अनुशासित र ब्यबस्थीत हुन्छ, त्यसैले स्वास्थ्यका लागि मात्रै नभएर समाजका लागि पनि खेलकुद आवश्यक रहेको बताए ।

प्रतियोगितालाई हार जितको रुपमा नलिन नगरप्रमुख वडले खेलाडि संग आग्रह गरे ।

नगर खेलकुद विकास समितिका संयोजक दिपक कुमार थापाले धनगढी उप–महानगरपालिकाका १९ वटै वडाका टोलीहरु सहभागि रहेको बताए । धनगढी उप–महानगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा संचालित फुटवल प्रतियोगिता बैशाख ३० गते सम्म चल्ने छ ।