धनगढी उप–महानगर बैशाख २६ गतेदेखि वडा भेला गर्ने (तालिका सहित)

धनगढी, २० बैशाख । धनगढी उप–महानगरपालिकाले आगामि आर्थिक २०६७/०७७ बर्षको योजना छनौटका लागि बैशाख २६ गतेदेखि वडा भेला सञ्चालन गर्ने भएको छ ।

योजना छनौट प्रकृयालाई बढी सहभागिता मूलक बनाउन र स्थानीयतहको बार्षिक योजना तथा बजेट तर्जुमा दिग्दर्शन २०७४ (परिमार्जिक) लाई अवलम्वन गर्न सबै वडा कार्यालयलाई निर्देशन दिएको नगरप्रमुख नृपबहादुर वडले बताए ।

वडा भेलाको प्रभावकारीता बुझ्न अनुगमन गरिने छ नगरप्रमुख वडले कुनैपनि योजना छनौट जनताको आवश्यकता र अर्थपूर्ण सहभागितामा हुनु बताए ।

धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रशाद सापकोटाका अनुसार २०७६ साल बैशाख २६ गते वडा नं १, २, ३, ४ र ५ मा वडा भेला हुने जानकारी दिए ।

त्यसै गरी बैशाख २७ गते वडा नं ६, ७, ८, ९ र १० मा र बैशाख २८ गते ११, १२, १३, १६ र १७ हुने छ भने १४, १५, १८ र १९ मा बैशाख २९ गते भेला गर्ने भएको छ