‘मजदुरका नाममा राजनीति गर्ने मोटाए’

घनगढी, १७ बैशाख । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले मजदुरका नाममा राजनीति गर्नेहरु मोटाएका तर मजदुरको हालत उस्तै रहेको बताएका छन् ।

श्रम तथा ब्यवसाय सुरक्षा विभागले आयोजना गरेको सामुहिक सौदाबाजी त्रिपक्षीय अन्तरक्रिया कार्यक्रममा बोल्दै नगरप्रमुख वडले यस्तो बताए ।

मजदुरका नाममा राजनीति गर्नेहरुले बिभिन्न फाईदा लिदै गरेको तर मजदुर दुब्लाउदै गएको बताउदै ‘हामी नै सर्वहारा गरिखानेका ठेकेदार हौ भन्नेका फुर्ति हेर्नुहोस अहिले तिनका व्यवहार मजदुरका बिरुद्धमा छन् ।’

मजदुरको काँधमा चढेर शक्तामा पुगेकाहरु नै मजदुरको हित बिरुद्ध काम गरिरहेको उनले बताए । आफु ठूला महलमा बस्ने र मजदुरमा नाममा राजनीति गर्नेहरुलाई कसरी मजदुरका नेता भन्ने ? गलत ब्यक्तिहरु मजदुरका नेता बनेको कारण गरिखानेहरु मारमा परेको उनको भनाई थियो ।