छोरी बचाउन आत्मरक्षा तालिम
घनगढी, १६ बैशाख । धनगढी उप–महानगरपालिकाले नगर भित्रका छोरीहरुलाई सुरक्षित गर्न आत्मरक्षा तालिमसञ्चालन गरिरहेको छ ।
महिलामाथि हुने यौन दुर्व्यवहार तथा बलात्कार जस्ता घटनालाई न्यूनिकरण गर्न आत्मरक्षाको तालिम सञ्चालन गरेको हो । सोमबार धनगढी उप–महानगरपालिका वडा नं १४, १८ र १९ का ८ सय किशोरी र महिलाहरुलाई एउटै शिविरमा तालिम दिन सुरु धनगढी नगरपालिकाले जनाएको छ ।
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले तालिममा महिलाहरुलाई आत्मरक्षा सिप सिकाउने काम भैरहेको छ । धनगढीको फुलबारी डिपोबजार नजिकको खेल मैदानमा सो तालिम सञ्चालन भईरहेको छ ।
आत्मरक्षा तालिमका प्रशिक्षक तथा राष्ट्रिय गोजुरीयो कराते संघ सुदूरपश्चिम अध्यक्ष प्रकाश चन्दले तालिम महिलाका लागि निकै प्रभावकारी भएको बताए ।
तालिममा १२ बर्ष देखि २५ उमेर समुहका यूवतीहरु धेरै छन् प्रशिक्षक चन्दले भने, कतिपय बुढी आमाहरु समेत तालिम लिन आएका छन् ।













