गोपाल जिएमको बहुप्रतिक्षित आइएमई–२ सार्वजनिक
धनगढी, १५ बैसाख । पछिल्लो समयका लोकप्रिय गायक गोपाल नेपाल जिएमको बहुप्रतिक्षित आइएमई २ सार्बजनिक भएको छ ।
युबापुस्ता माझ मात्र नभएर सबैका प्रिय बन्न सफल गायक गोपाल नेपाल जिएमले आफ्नो धेरै पहिलेको चर्चित गित आइएमी लाई निरन्तरता दिदै आइएमी २ निकालेका हुन् । गोपाल नेपाल जिएमको शब्द संगित स्वर रहेको उक्त गितमा उनलाई जापानमा बस्दै आएकी गायका झुमा डांगिले साथ दिएकी छिन ।
अत्यन्तै मेहनतका साथ कुनैपनी सम्झौता नगरी पुर्ण रुपमा दर्शकलाइ मनोरन्जन दिने कुरामा कमि नहोस भन्ने सोचका साथ मेहनत गरिएको गायक गोपाल नेपाल जिएमले बताए । उनले भने, ‘यो मेरो ड्रीम प्रोजेक्ट हो त्यसैले कुनै सम्झौता गर्न चाहिन ।’
म्युजिक भिडियोमा गायक जिएम आफै देखिएका छ्न उनलाइ चर्चित नायिका अनु शाह र चर्चित मोडेल अन्जली चन्द ठकुरिले साथ दिएकाछन् । दुईजना नायका संग निकै रोमान्टिक देखिएका छन् भिडियोमा गायक जिएम । करन चैसिरले खिचेको भिडियोलाइ मौसम हिमालिले निर्देशन गरेका हुन













